बिर्तामोडमा एसएमएल इसुजुको ग्राहक भेटघाट कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

बिर्तामोडमा एसएमएल इसुजुको ग्राहक भेटघाट कार्यक्रम सम्पन्न



बिर्तामोड । जापानी प्रविधिमा आधारित एसएमएल इसुजु सवारीसाधनको नेपालका लागि एकमात्र वितरक लुम्बिनी कमर्शियल भेइकल्स प्रालि ले झापाको बिर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

सन् २०२५ को अवसरमा आयोजित उक्त कार्यक्रममा झापा तथा आसपासका १५० भन्दा बढी व्यवसायीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुवातमा लुम्बिनी ग्रुप र एसएमएल इसुजु ब्रान्डको इतिहास, उपलब्धि र बजार उपस्थितिबारे जानकारी प्रस्तुत गरिएको थियो। त्यसपश्चात, कम्पनीका इन्जिनियर रामहरी थपलियाले एसएमएल इसुजुका विभिन्न सवारीसाधनहरूको प्रविधिगत विशेषता, मूल्य र दक्षताबारे प्राविधिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा कम्पनीका सेल्स तथा अफ्टरसेल्स हेड सत्य खड्काले ग्राहक सन्तुष्टि कम्पनीको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै भने, “हामी ग्राहक सुझावलाई उच्च प्राथमिकतामा राखी अझ सशक्त र गुणस्तरीय सेवा प्रवाह गर्दै जान प्रतिबद्ध छौं।” उनले एसएमएल इसुजु ब्रान्डको सेवा विस्तार र दीर्घकालीन ग्राहक सन्तुष्टिको दिशामा कम्पनी निरन्तर क्रियाशील रहेको स्पष्ट पारे।

नेपालको भू–बनोट र व्यापारिक प्रकृतिका लागि उपयुक्त मानिने एसएमएल इसुजुका बस तथा ट्रकहरू लामो समयदेखि नेपाली बजारमा लोकप्रिय र प्रभावकारी ठहरिँदै आएका छन्। विशेष गरी रुट बस सेग्मेन्टमा कम्पनीले अग्रणी स्थान कायम गर्न सफल भएको बताइएको छ।

लुम्बिनी कमर्शियल भेइकल्स प्रा लि ले भारतमा निर्मित तथा जापानी प्रविधिमा आधारित एसएमएल इसुजुका सवारीसाधनहरूको बिक्री, सर्भिस तथा सम्पूर्ण स्पेयर पार्ट्स एकै स्थानमा उपलब्ध गराउँदै आएको छ।

कम्पनीका अनुसार, भविष्यमा पनि विभिन्न स्थानमा यस्ता ग्राहकमुखी कार्यक्रमहरू आयोजना गर्दै, ग्राहकलाई गुणस्तरीय सेवा, प्रविधि र बिक्रीपछिको सेवाबारे थप जानकारी दिन लागिएको छ।

ग्राहक सन्तुष्टि, विश्वसनीयता र पारदर्शी सेवा प्रणालीमार्फत कम्पनीले झापा क्षेत्रमै एसएमएल इसुजु ब्रान्डप्रति विश्वास अझ सुदृढ भएको जनाएको छ।

प्रकाशित : 24 June, 2025 5:42 pm