काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जा लिएका व्यवसायीहरूलाई राहत दिने निर्णय गर्दै कर्जा भुक्तानीको समयसीमा १ वर्षले थप गरेको छ। सोमबार जारी निर्देशिका संशोधनमार्फत राष्ट्र बैंकले चालू पूँजी कर्जा पाँच किस्तामा तिर्नुपर्ने समय २०८२ असारबाट बढाएर २०८३ असारसम्म पुर्याएको हो।
तोकिएको सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीहरूले असार मसान्तसम्मको समय छोटो भएको भन्दै गभर्नरसँग आग्रह गरेपछि राष्ट्र बैंकले यो निर्णय गरेको हो। अब बैंक तथा वित्तीय संस्थाहरूले असुली हुन बाँकी कर्जा रकमलाई समान अवधिका किस्तामा बाँडेर २०८४ असार मसान्तभित्र असुली सक्ने गरी पुनर्तालिकीकरण गर्न सक्नेछन्।
यसले बैंकहरूलाई कर्जाको प्रोभिजनिङ (नोक्सानी व्यवस्था) को दबाब कम गरेको छ। यदि समय नथपिएको भए, असुल नभएको कर्जामा १०० प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्ने र त्यसले बैंकहरूको नाफा र खराब कर्जा अनुपातमा नकारात्मक असर पार्ने थियो।





Comment