फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि विक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि विक्रीमा



काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको संस्थापक शेयर आजदेखि विक्रीमा राखिएको छ । संस्थाले संस्थापक शेयरधनी ग्रामिण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) को नाममा रहेको तीन लाख ६२ हजार कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो शेयर खरिदका लागि सबै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गर्दै शेयर बिक्रीमा राखिएकोमा आवेदन नपरेकाले सर्वसाधारणका लागि शेयर बिक्री गर्न लागिएको हो ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र बालुवाटारमा रहेको एनएमबी क्यापिटलमा शेयर खरिदकालागि आवेदन दिनु पर्नेछ ।

प्रकाशित : 23 June, 2025 11:03 am