धितोपत्र बोर्डबाट स्वस्तिक लघुवित्तले पायो आइपीओ जारी गर्ने अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

धितोपत्र बोर्डबाट स्वस्तिक लघुवित्तले पायो आइपीओ जारी गर्ने अनुमति



काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। सेबोनले स्वस्तिकलाई चुक्तापुँजीको ४० प्रतिशतबराबरको सार्वजनिक निष्कासन गर्न स्वीकृति दिएको हो।

संस्थाले अब कुल २ करोड ३१ लाख रुपैयाँबराबरको आइपीओ ल्याउने तयारी गरेको छ । जसअन्तर्गत २ लाख ३१ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।

हाल स्वस्तिक लघुवित्तको चुक्तापुँजी ३ करोड ४६ लाख ५० हजार रुपैयाँ रहेको छ । जसमा संस्थापक शेयरधनीको स्वामित्व ६० प्रतिशत छ। आइपीओ बिक्रीपश्चात स्वस्तिकको कुल चुक्तापुँजी बढेर ५ करोड ७७ लाख ५० हजार रुपैयाँ पुग्नेछ।

आइपीओ निष्कासनको व्यवस्थापन नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ। स्वस्तिक लघुवित्तले ग्रामीण भेगमा वित्तीय पहुँच विस्तार गर्न साना तथा सीमान्त वर्गलाई लक्षित गर्दै सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित : 19 June, 2025 2:23 pm