काठमाडौं । नाडाले आगामी भदौ ३ देखी ८ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप परिसरमा आयोजना गर्ने १७ औं संस्करणको ‘नाडा अटो शो २०२५’ लाई उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने भएका छन् ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले प्रमुख अतिथीका रुपमा उपस्थित भई अटो शो उद्घाटन गर्न गरेको आग्रहलाई मन्त्रि पौडेलले स्विकार गरेका हुन् ।
उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले धेरै समयको अन्तरालपछि नेपालको अटोमोवाइल क्षेत्र लगायत समग्र नीजि क्षेत्रमैत्री बजेट आएको भन्दै मन्त्री पौडेललाई धन्यबाद ज्ञापन गरेका थिए ।
सोहि छलफलको क्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमा पहिलो पटक सिमरामा सवारी साधन निर्माण गर्ने उद्योग खोल्ने तयारी भईरहेकोले त्यस्ता उद्योगलाई टेवा पुग्ने नीति आउनुपर्ने बताए । उनले यस्ता उद्योगलाई थप सुविधा उपलब्ध गराउनु पर्ने र नीतिमा स्थिरता ल्याउनका लागि आग्रह समेत गरे ।
छलफलको अन्त्यमा, मन्त्री पौडेलले नेपालका अटोमोवाइल व्यवसायीहरुले धेरै भन्दा धेरै राजश्व उपलब्ध गराएर सरकारलाई सहयोग गर्नुपर्ने वताए ।
उक्त छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।
Comment