आजदेखि नेपाल मोबिलिटि संवादको सिरिज सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

आजदेखि नेपाल मोबिलिटि संवादको सिरिज सुरु



काठमाडौं । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघको नेपाल मोबिलिटि संवादको सिरिज सुरु भएको छ । बुधबार काठमाडौंमा कार्यक्रमको आयोजनागरी मोबिलिटि संवादको सिरिज सुरु गरिएको हो ।

संवाद कार्यक्रममा बोल्दै संघकी अध्यक्ष रितु सिंह वैद्यले नीतिगत तहमा निजी क्षेत्रलाई सरकारले सहजीकरण गर्नुपर्ने बताएकी छन् । मोबिलिटि संवाद कार्यक्रममा उनले जनता र उपभोक्ताको आवाज सरकारसम्म पु¥याउनको लागि यो संवादको आयोजना गरेको भन्दै नीतिगत तहमा निजी क्षेत्रलाई सरकारले सहजीकरण गर्नुपर्ने बताईन् ।

उनले भनिन्, ‘नेपाल मोबिलिटि संवादको सिरिज आज सुरु गरेका छौ । यसको मुख्य उद्देश्य के हो भने हाम्रो अटोमोबिल एशोसिएशनका सदस्य, उपभोक्त र सरकार एउटा संयुक्त नीति बनाउ र एकताबद्ध आवाज ल्याउ र यो सिरिज मार्फत जनता र हाम्रो उपभोक्ताको आवाज सरकारसम्म पुर्याउने सकौ भनेर संवाद सुरु गरेका छाैं। नीतिगत तहमा निजी क्षेत्रलाई सरकारले अलिकति सहजीकरण गर्ने हो भने राम्रो हुन्छ ।’

यस्तै, उनले आफ्नो नीति र एजेण्डा स्थापना गर्नको लागि एउटा संस्था आवश्यक भएर नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ स्थापना गरेको पनि बताईन् । साथै, उनले इभिको कर नबढाएर सहज भएको भन्दै सरकारलाई धन्यवाद पनि दिएकी छन् ।

प्रकाशित : 12 June, 2025 8:50 am