अटेरी एनसेलले पायो फोरजी अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

Feature News

अटेरी एनसेलले पायो फोरजी अनुमति

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै २२ बैशाख । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको प्रविधि (फोरजी) सञ्चालन अनुमति पाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एनसेललाई फोरजी अनुमति दिएको हो। प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले एनसेललाई फोरजी सञ्चालनको अनुमति दिएको स्रोतले जानकारी दिएको छ।

अघिल्लो साता संसदको विकास समितिले उपभोक्ता अधिकार र मुलुकमा प्रविधिको विकासलाई रोक्न नहुने भन्दै सरोकारवाला निकायलाई एनसेलको फोरजी सेवा स्वीकृत गर्न निर्देशन दिएको थियो। सार्वजनिक लेखा समितिले भने पुँजीगत लाभकर सबै नउठेको भन्दै फोरजी सेवा रोक्न निर्देशन दिएको थियो ।

– नागरिक दैनिकबाट

प्रकाशित : २२ बैशाख २०७४, शुक्रबार ०६:११ 5 May, 2017 6:11 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।