भक्तपुरमा दोस्रो प्रदेशस्तरीय छक् हक्की च्याम्पियनसिप–२०२५ हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

मुख्य समाचार

भक्तपुरमा दोस्रो प्रदेशस्तरीय छक् हक्की च्याम्पियनसिप–२०२५ हुने



भक्तपुर । बागमती प्रदेश हक्की संघको आयोजनामा “दोस्रो प्रदेश स्तरीय छक् हक्की च्याम्पियनसिप–२०२५” प्रतियोगिता जेठ २५ र २६ गते भक्तपुरको दिव्यश्वरी प्लानिङ, मध्यपुर ठिमी नगरपालिका–२ स्थित रोयल नेपाल फुटसलमा सम्पन्न हुँदैछ।

गत वर्षको सफलतापछि पुनः आयोजना हुन लागेको प्रतियोगितामा बागमती, गण्डकी, कोशी, सुदूरपश्चिम, मधेश र कर्णाली प्रदेशका टोलीहरूले सहभागिता जनाउने छन्।

नेपालमा हक्की खेलको विकास, प्रवर्द्धन, र प्रदेशस्तरीय खेलाडीहरूको क्षमता तथा सम्भावना पहिचान गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने प्रतिभा उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बागमती प्रदेश हक्की संघका कार्यवाहक अध्यक्ष राम राजा बस्नेतले जानकारी दिएका छन्।

भक्तपुरमा पहिलोपटक प्रदेशस्तरीय हक्की प्रतियोगिता आयोजना हुन लागेको उल्लेख गर्दै अध्यक्ष बस्नेतले प्रतियोगिताबाट खेलप्रतिको आकर्षण अझै बढ्ने विश्वास व्यक्त गरे।

प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ। आयोजकले प्रतियोगिता सफल बनाउन आवश्यक तयारी पूरा भएको जनाएका छन्।

प्रकाशित : 9 June, 2025 9:47 pm