नेपाल बैंकका तत्कालीन अध्यक्ष चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल बैंकका तत्कालीन अध्यक्ष चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर



अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

कर्जा प्रवाह गर्दा घुस खाएको आरोपसहित अख्तियारले अधिकारीसहित लक्की भन्ने खुस नसिब अन्सारी, अमृत भुसाल, अंकित भुसाल र बालकृष्ण भुसालविरूद्ध मुद्दा दायर भएको हो।

रूपन्देहीको सिद्धार्थनगर १ बेलहियामा भुसाल हस्पिटालिटी अन्तर्गतको र्‍याडिसन प्रोजेक्टले एक अर्ब ७७ करोड २९ लाख ८६ हजार ७६७ रुपैयाँ ऋण लिन कम्पनीका अध्यक्ष बालकृष्ण भुसाल र उनका छोरा एवं सेयर सदस्य अंकित भुसालले ऋणका लागि प्रक्रिया अघि बढाएका थिए।

त्यसबीचमा सहजीकरण गर्न सञ्चालक समितिका तत्कालीन अध्यक्ष अधिकारीले ह्वाट्सएपमार्फत पटकपटक कुराकानी र भेटघाट समेत भएको अख्तियारले जनाएको छ। उनले ऋण मिलाउन भन्दै २०८१ भदौ ३० गते रकम मागे पछि प्राइम बैंकको चेक दिएकामा त्यो चेक चन्‍द्रबहादुरले राकेश थापालाई दिएपछि चेक साटिएको थियो।

१२ लाख रकम पनि चन्द्रबहादुरले शारदा गुप्ताको नाममा दर्ता रहेको अनन्या इन्टरप्राइजमार्फत लिएको अख्तियारले जनाएको छ।

अंकित भुसालले आफ्ना बुवासँग रकम मागेर अनन्या इन्टरप्राइजेजको खातामा १२ लाख हालिदिएका थिए।

उक्त रकम इन्टरप्राइजेजका शारदा र रिंकु गुप्ताले लिएका थिए। सो रकम बराबरको सामान किनेर उनीहरूले लक्की खानलाई पठाइदिएका थिए । खानले १९ लाख रकम प्राप्त गरी पुन: अधिकारीलाई बुझाएको अख्तियारको अनुसन्धानमा देखिएको अख्तियारको दावी छ ।

अख्तियारले घुसबापत लिएर सटही गरेको चेकको विवरण, ट्रान्सफर गरिएको रकमको विवरण समेतका कागजात २०८१ माघ २३ गते अधिकारीको घरबाट बरामद गरेको थियो।

प्रकाशित : 9 June, 2025 9:13 pm