सिटिजन लाइफको व्यतित बीमालेख नवीकरणमा भोलिसम्म शतप्रतिशत विलम्ब शुल्क छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन लाइफको व्यतित बीमालेख नवीकरणमा भोलिसम्म शतप्रतिशत विलम्ब शुल्क छुट



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्कमा व्याज छुट दिने योजना जेठ १२ गतेबाट ल्याएको थियो । सो योजना अन्तर्गत अब भोलि जेठ २७ गतेसम्म छुट लिन सक्नेछन् । यस कम्पनीबाट जारी भएका बीमालेखको नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरुमा लाग्ने विलम्ब शुल्कमा भोलि जेठ २७ गतेसम्म शतप्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

२ ववर्षसम्म व्यतित भएका बीमालेखमा १०० प्रतिशत, २ वर्षदेखि ३ वर्षसम्म व्यतित भएका बीमालेखमा ७५ प्रतिशत र ३ वर्षभन्दा माथि व्यतित भएका बीमालेखमा ५० प्रतिशत ब्याज छुट दिने जनाएको छ ।

यस छुट बीमा अवधिभरी एक पटक मात्र पाइने कम्पनीले जनाएको छ । सो अवधिसम्ममा नविकरण शुल्क भुक्तानी गरी आफ्नो आफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउन तथा थप जानकारीको लागि कम्पनीको शाखा उपशाखा तथा अभिकर्ताहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रकाशित : 9 June, 2025 7:20 pm