नेपाल एसबिआई बैंक एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल एसबिआई बैंक एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडसंग सम्झौता गरेको छ । उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।

सो कार्यक्रममा बैंकका प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, सल्लाहकार, छपिराज पन्त, प्रमुख प्रविधि अधिकृत सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

यस सम्झौता सगैँ बैंकले डोमेस्टिक कार्ड योजना “ल्भ्एब्ीएब्थ् ऋबचम” जारी गर्ने र प्राप्त गर्ने प्रयोजनका लागी स्विच एकिकृत गर्न सक्नेछ ।

प्रकाशित : 9 June, 2025 7:13 pm