काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५.१० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
Comment