काईई मोटर्सद्वारा ‘ग्रीन ह्वील्स टु मार्बल हिल्स’ कार्यक्रम सम्पन्न, ७० भन्दा बढी बिरुवा रोप्दै वातावरणीय सचेतना प्रवर्द्धन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

काईई मोटर्सद्वारा ‘ग्रीन ह्वील्स टु मार्बल हिल्स’ कार्यक्रम सम्पन्न, ७० भन्दा बढी बिरुवा रोप्दै वातावरणीय सचेतना प्रवर्द्धन



काठमाडौं । काईई मोटर्स नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्सले ‘ग्रीन ह्वील्स टु मार्बल हिल्स’ नामक ग्राहक केन्द्रित कार्यक्रम सम्पन्न गरेको छ। आइतबार आयोजित कार्यक्रममा ८० भन्दा बढी सहभागीहरू रहेका थिए ।

जसमा ग्राहकहरू र तिनका परिवार सदस्यहरू पनि थिए। कार्यक्रमको मूल उद्देश्य वातावरणीय सचेतना अभिवृद्धि र दिगो यातायात प्रणालीको प्रवर्द्धन थियो। थापाथलीबाट सुरू भएको विद्युतीय सवारीहरूको र्‍याली गोदावरीसम्म पुगेर मार्बल हिल्ससम्मको रमणीय पैदल यात्रा र हरियालीको सम्मानमा समर्पित भएको थियो।

र्‍यालीमा काईईका नवीनतम विद्युतीय मोडेलहरू Kaiyi X3 Pro, E-Qute 02, र E-Qute 04 प्रस्तुत गरिएका थिए । जसमा कम्पनीको हरित यातायातप्रतिको प्रतिबद्धता रहेको थियो।

कार्यक्रमको मुख्य आकर्षणमा सामूहिक बिरुवा रोपण अभियान थियो । जसअन्तर्गत सहभागीहरूले ७० भन्दा बढी बिरुवाहरू रोपेका थिए। यस अभियानले कार्बन उत्सर्जन न्यूनीकरण र स्थानीय पारिस्थितिक प्रणालीमा सकारात्मक योगदान पुर्‍याउने लक्ष्य लिएको छ। साथै, कार्यक्रममा समूहगत खेल, रमाइला गतिविधि र खानपानको व्यवस्था गरिँदै सहभागीहरूबीच अन्तरक्रिया र सौहार्दता सुदृढ गरिएको थियो।

प्रकाशित : 2 June, 2025 12:57 pm