बजेट अटोमोवाइल व्यवसायमैत्री आएकोमा नाडाको स्वागत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

बजेट अटोमोवाइल व्यवसायमैत्री आएकोमा नाडाको स्वागत



काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले सार्वजनिक गरेको बजेट अटोमोवाइल व्यवसायमैत्री रहेको भन्दै नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले स्वागत गरेको छ।

नाडाले जारी गरेको प्रेस वक्तव्यमा अटोमोवाइल व्यवसायको दीर्घकालीन माग तथा आवाजलाई बजेटले सम्बोधन गरेको जनाइएको छ। नाडाले विगतमा नेपाल सरकारका विभिन्न मन्त्रालय र विभागहरूसमक्ष नीतिगत सल्लाह तथा सुझावहरू राख्दै आएको थियो।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले नीतिगत सुझावहरूलाई विचार गरेर बजेट ल्याएकोमा हामी नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछौं। यो बजेटले अटोमोवाइल क्षेत्रलाई मात्र होइन, समग्र अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास लिएका छौं।’

नाडाका अनुसार बजेटले व्यवसायी तथा उद्यमीहरूलाई प्रोत्साहन दिएको छ, र आगामी मौद्रिक नीतिसमेत यसै अनुरूप आउने अपेक्षा गरिएको छ।

नाडाले अटोमोवाइल क्षेत्रको वृद्धि र सञ्चालनमा सरकारको यो कदमलाई सकारात्मक संकेत मानेको छ र यस्ता व्यवसायमैत्री नीतिहरूले नेपाली अर्थतन्त्रलाई मजबुत बनाउन सघाउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित : 30 May, 2025 6:55 pm