राष्ट्रिय महिला अधिकार दिवस मनाईंदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

राष्ट्रिय महिला अधिकार दिवस मनाईंदै



काठमाडौं। आज(शुक्रबार) सातौ राष्ट्रिय महिला अधिकार दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ। हरेक वर्ष जेठ १६ मा राष्ट्रिय महिला अधिकार दिवस मनाउने गरिन्छ । यस वर्ष आज ‘महिला अधिकारको सम्मान : आत्मनिर्भरता हाम्रो अभियान’ भन्ने नाराका साथ मनाउन लागिएको हो ।

वि.सं. २०६३ साल जेठ १६ गते तत्कालिन पुनस्थापित प्रतिनिधिसभाबाट नेपाली महिलाका अधिकारसम्बन्धी महत्वपूर्ण चारवटा विशेष प्रस्तावहरु पारित भएको दिनको स्मरण गर्दै वर्षेनि जेठ १६ गते यो दिवस मनाउने गरिएको छ। नेपालको संविधानले महिलालाई राज्यको हरेक निकायमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ ।

प्रकाशित : 30 May, 2025 12:04 pm