सार्वजनिक यातायात प्राधिकरण गठन हुँदै, काठमाडौंमा मेट्रो–मोनोरेल सम्भाव्यता अध्ययन गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

सार्वजनिक यातायात प्राधिकरण गठन हुँदै, काठमाडौंमा मेट्रो–मोनोरेल सम्भाव्यता अध्ययन गरिने



काठमाडौं । सरकारले सार्वजनिक यातायात क्षेत्रलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउन ुसार्वजनिक यातायात प्राधिकरणु सञ्चालनमा ल्याउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो जानकारी दिएका हुन्।

विशेष गरी काठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित गर्न मेट्रो रेल र मोनोरेल सञ्चालनका सम्भाव्य विकल्पहरूको अध्ययन गरिने अर्थमन्त्री पौडेलले बताएका छन्।

यसका साथै, अस्थायी पैठारीमा आधारित सवारी तथा ढुवानीका साधन र भन्सार भइसकेका ठूला सवारी साधनमा प्रदेश वा स्थानीय तहले थप महसुल वा शुल्क लिन नपाउने व्यवस्था गरिने भएको छ।

प्रकाशित : 29 May, 2025 4:54 pm