काठमाडौँ । अब नेपाली नागरिकले विदेशमा पनि उद्योग खोल्न सक्नेछन्। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै नेपाली नागरिकलाई विदेशमा लगानी गर्न दिने व्यवस्था गरिने घोषणा गरेका छन्।
उनका अनुसार नेपाली निर्यातकर्ताले कुल निर्यात आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउनेछन्। विशेषतः अर्धप्रशोधित वस्तुहरूको प्रशोधनका लागि विदेशमा कारखाना स्थापना गर्न यस्तो अनुमति दिइने उनले जानकारी दिए।
सरकारको यो नीति नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सहयोगी हुने विश्वास गरिएको छ।
तर, विदेशमा गरिएको लगानीबाट प्राप्त मुनाफाको कम्तीमा ५० प्रतिशत हिस्सा नेपालमै फर्काउनुपर्ने व्यवस्था गरिएको छ। यसबाट देशभित्र पुँजी प्रवाह कायम राख्ने उद्देश्य लिइएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ।





Comment