गभर्नर डा‍‍. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता, बदरको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

गभर्नर डा‍‍. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता, बदरको माग



काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति बदर गरिनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। मंगलबार अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले संयुक्त रुपमा उक्त रिट दायर गरेका हुन्।

रिट निवेदकहरूले डा. पौडेलको नियुक्ति, सिफारिस र सपथलाई गैरकानूनी ठहर गर्दै बदरको माग गरेका छन्। उनीहरूका अनुसार राष्ट्र बैंक ऐन, २०५८ मा तोकिएको न्यूनतम योग्यता डा. पौडेलसँग नभएको भन्दै नियुक्ति संविधानविपरीत भएको जिकिर गरिएको छ।

रिटमा नेपालको संविधानको धारा १३३, २० र ३० बमोजिम उत्प्रेषण आदेशमार्फत नियुक्ति बदर गर्न माग गरिएको छ। साथै, नोटमा हस्ताक्षर गर्ने जस्ता गम्भीर विषयहरूमा राष्ट्रलाई असर पुग्न सक्ने भन्दै गभर्नरको हैसियतमा डा. पौडेलले कुनै दूरगामी निर्णय लिन नपाउने गरी प्रतिषेध मिश्रित परमादेशको पनि माग गरिएको छ।

यसअघि डा. पौडेलको नियुक्ति रोक्न दायर गरिएको रिट दरपिठ भएको थियो, जुन इजलासले पनि सदर गरिसकेको छ। तर, पुनः दर्ता गरिएको रिटको सुनुवाइ बुधबारका लागि तोकिएको छ।

प्रकाशित : 27 May, 2025 12:54 pm