गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट



काठमाडौं । गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता मधु चौलागाईंले शुक्रबार सर्वोच्चमा रिट हालेकी हुन् । रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा आइतबार सर्वोच्च प्रशासनले निर्णय गर्ने छ ।

गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’ भएको विषय हाल चर्चामा छ ।

भिजिट भिसामा जाने नेपालीहरूसँग कम्तीमा पनि ५० हजारदेखि तीन लाख रुपैयाँसम्म असुल गरेको पाइएको छ । उक्त गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै पुगेको बताउँदै गृहमन्त्री लेखकको समेत संलग्नतामा यो काम भएको भन्दै चर्को आलोचना भएको छ ।

प्रकाशित : 23 May, 2025 7:01 pm