एक हजार एक सय रुपैयाँले घट्यो सुनको मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एक हजार एक सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार एक सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार चार सय रुपैयाँ कायम भएको हो ।

यसअघि बिहीवार छापावाल सुन तोलामा १ लाख ९१ हजार पाँच सय रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेर २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : 23 May, 2025 11:45 am