एसबिआई बैंकले हकप्रद निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एसबिआई बैंकले हकप्रद निष्काशन गर्ने



नेपाल एसबिआई बैंक (SBI) ले जेठ ७ गतेदेखि असार ११ गतेसम्म चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । बैंकले एक अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैँयाको एक करोड ९९ लाख १९ हजार चार सय २३।६० कित्ता हकप्रद जारी गर्न लागेको हो ।हकप्रदमा बैशाख २५ गते सोमबारसम्म सेयर खरिद गरेका लगानीकर्ताले जेठ ७ गतेदेखि असार ११ गतेसम्म आवेदन गर्न सक्नेछन् ।

हकप्रद निष्काशनका लागि बैंकले एनएमबि क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरिसकेको छ । हकप्रदमा  नेपाल एसबिआई बैंकका सबै शाखा कार्यालयहरु, एसबिआई मर्चेन्ट बैकिंग लिमिटेड हात्तिसार, र एनएमबि क्यापिटल नागपोखरीबाट आवेदन गर्न सक्नेछन् ।

हाल बैंकको चुक्ता पूँजी चार अर्ब ९७ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी झण्डै ७ अर्ब रुपैयाँ पुग्नेछ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ७५ करोड ८७ लाख रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३९ रुपैँया कायम गरेको छ । एसबीआई बैंकमा भारतको स्टेट बैंक अफ ईण्डियाको बहुमत सेयर लगानी छ ।

प्रकाशित : २० बैशाख २०७४, बुधबार ०८:१२