डा. विश्व पौडेल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

डा. विश्व पौडेल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्त



काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरको रूपमा डा. विश्व पौडेल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि गभर्नर छनोट सिफारिस समितिले पौडेलसहित तीनजनाको नाम सिफारिस गरेको थियो।

सिफारिसपछि प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई नियुक्त गर्ने सहमति जुटेको थियो। चैत २३ गते महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल सकिएपछि गभर्नरको पद रिक्त रहँदै आएको थियो।
यसअघि गभर्नर चयनका लागि गठित समितिले एक दर्जनभन्दा बढी सम्भावित नामहरू अध्ययन गरेको थियो। तर कुनैमा स्पष्ट सहमति नजुटेपछि सत्ता साझेदार दलबीचको छलफलपछि अन्ततः डा.पौडेलको नाम टुंगो लागेको हो।
डा. विश्व पौडेल अर्थशास्त्रका विज्ञ हुन्। उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको रूपमा पनि काम गरिसकेका छन्। अब उनको नेतृत्वमा राष्ट्र बैंकले मौद्रिक नीति, वित्तीय स्थायित्व, र मुद्रास्फीति नियन्त्रणका लागि मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित : 20 May, 2025 7:13 pm