नेप्से परिसूचक ५३ अंकले बढ्याे, सात अर्ब ३१ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक ५३ अंकले बढ्याे, सात अर्ब ३१ करोडकाे काराेबार



काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ५३ अंक बढेर २६८१.३६ विन्दुमा पुगेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ९.६१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.८० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४० अंक बढेको छ।

नेप्से बढेपनि आज कारोबार रकम भने सामान्य घटेको छ। सोमबार सात अर्ब ३५ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१० कम्पनीको सात अर्ब ३१ करोड २७ लाख ९० हजार रुपैयाँबराबरको एक करोड ६८ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

त्यस्तै, आज सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने हालै एफपीओ निष्काशन भएर सुचीकृत भएको विन नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक ३.०९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ४१ करोड ८० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित : 20 May, 2025 3:32 pm