सुनको मुल्य स्थिर, चाँदीकाे कतिमा हुदैछ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य स्थिर, चाँदीकाे कतिमा हुदैछ काराेबार ?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन एक लाख ८४ हजार ८ सय रुपैयाँ कायम रहृकाे छ। हिजो पनि प्रतितोला छापावाल सुन एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य भने सामान्य घटेको छ। आज चाँदी ५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी प्रतिताेला एक हजार ९४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको एक हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : 20 May, 2025 11:09 am