नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयरको बिक्री खुलाएको छ ।

बैंकले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल २ लाख २३ हजार २२९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र के कति रकममा खरिद गर्ने हो सोको विवरणसमेत खुलाई बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडमौंमा निवेदन दिनुपर्नेछ ।

साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित : 20 May, 2025 7:21 am