सेबोनले गरायाे ११ ब्रोकर र क्यापिटललाई सचेत, कुन-कुन परे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेबोनले गरायाे ११ ब्रोकर र क्यापिटललाई सचेत, कुन-कुन परे ?



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नियम नमान्ने ११ ब्रोकर र क्यापिटललाई सचेत गराएको छ। सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६ को दफा १८ (१)को व्यवस्थाको परिपालना नगरेको भन्दै सेबोनले ती ब्रोकर र क्यापिटललाई सचेत गराएको हो।

सचेत गराइएका ब्रोकर र क्यापिटलमा ब्लुचिप सेक्युरिटिज, प्रोपर्टी विजार्ड, स्टक्स्कार्टस सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, रोडशो सेक्युरिटिज, सगरमाथा सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट कम्पनी, एलिट मर्चेन्ट क्यापिटल, रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल र रिलायबल भेन्चर क्यापिटल रहेका छन्।

यी ब्रोकर र क्यापिटललाई सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा ७क।को उपदफा (१)को खण्ड (क)बमोजिम लिखित रुपमा सचेत गराइएको सेबोनले जनाएको छ।

प्रकाशित : 19 May, 2025 4:04 pm