सेयर बजारमा दोहोरो अंकको बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंकको बृद्धि



काठमाडौं । आज साेमबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १९.३० अंकले बढेर २६२८.३६ को विन्दुमा कायम भएको छ । आज १८५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको घटेको छ । सेन्सेटिभ इण्डेक्स ४.१५ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक बढेको छ।

आज ३२४ कम्पनीको एक करोड ६२ लाख ५ हजार ५५८ कित्ता शेयर किनबेच हुँदा सात अर्ब ३५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५९ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ५१ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको ४१ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ओम मेगाश्री फर्मास्यूटिकल्स, र तेह्रथुम पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक घटेको छ।

प्रकाशित : 19 May, 2025 3:49 pm