काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्ति छिटै नियुक्ति हुने बताएका छन् ।मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बिहीवार सिंहदरबारमा मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर दुई-चार दिनभित्रै नियुक्ति हुने बताएका हुन ।
उनले भने, ‘अब तलमाथि नभइकन दुई–चार दिनमै नयाँ गभर्नर पाउँछौँ, गभर्नर नियुक्तिका लागि हामीले सिफारिस समिति पहिला अर्थमन्त्रीज्यूको संयोजकत्वमा डा. विश्व पौडेल र डा.विजयनाथ भट्टराईको समिति बनाएका थियौँ । विजयनाथ भट्टराईले पहिला राजीनामा दिनुभयो । त्यो डिफङ भयो । त्यसपछि फेरि पूर्वगभर्नरकै तर्फबाट महाप्रसाद अधिकारीलाई समितिको सदस्यका रूपमा थप्यौँ । डा.विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बन्यो । काम चाँडो भन्दा चाँडो सम्पन्न गर्न हामीले फेरि पुनःगठन गरेका छौँ ।’
Comment