सेयर बजारमा गिरावट कायमै, कारोबार रकम सात अर्ब आठ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

सेयर बजारमा गिरावट कायमै, कारोबार रकम सात अर्ब आठ करोड



काठमाडौं । साताको अन्तिम दिन बिहीबार पनि शेयर बजार घटेर बन्द भएको छ । साताको सुरू देखि नै घटिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज शेयर बजार ७.३७ अंकले घटेर २६११.८५ को विन्दुमा कायम भएको छ । आज सेन्सेटिभ इण्डेक्स १.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक घटेको छ।

आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३२० कम्पनीको एक करोड ७४ लाख २३ हजार ९४३ कित्ता शेयर किनबेच हुँदा सात अर्ब आठ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ४४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावरको ३३ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको ३२ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यता ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, बराही हाइड्रोपावरको सेयर पनि उच्च अंकले बढेको छ। आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।

१३ उपसमूहमध्ये आज ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। आज होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.९१ प्रतिशत बढेको छ। आज विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.१२ प्रतिशत घटेको छ। त्यसैगरी, आज अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित : 15 May, 2025 3:37 pm