१३.९६ अंकले घट्याे बजार, आठ अर्ब ७३ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१३.९६ अंकले घट्याे बजार, आठ अर्ब ७३ करोडकाे काराेबार



काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १३.९६ अंक घटेर २६२०.२७ विन्दुमा झरेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.२८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०७ अंक र सेन्सेटिभ इण्डेक्स १.०४ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार नौं अर्ब ६३ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१५ कम्पनीको आठ अर्ब ७३ करोड ६५ लाख ७० हजार रुपैयाँबराबरको एक करोड ८४ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ५९ करोड ३२ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, आज युनिभर्सल पावर कम्पनीको करिब साढे ५१ करोडको शेयर किनबेच भएको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ५१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

आज ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ त्यस्तै, पिपुल्स पावरको शेयरमूल्य पनि उच्च अंकले बढेको छ । आज कारोबारमा आएको गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक घटेको छ।

प्रकाशित : 14 May, 2025 3:40 pm