काठमााडौं। अपि पावर कम्पनी लिमिटेडको खुद नाफामा उल्लेख्य सुधार आएकाे छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उच्च दरमा बढेको हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले चार करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्री आम्दानीबाट पनि मनग्य कमाएकाे छ । यस अवधिमा कम्पनीकाे विद्युत बिक्री आम्दानी २५.७७ प्रतिशत बढेर एक अर्ब १९ करोड ७० लाख ९८ हजार रुपैंया पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा १८.४७ प्रतिशत बढेर ९८ करोड ५५ लाख रुपैंया रुपैया बराबर पुगको छ ।
त्यसैगरी कम्पनीको अन्य आम्दानी एक हजार २९९.५४ प्रतिशत बढेको छ भने कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा ७०.१३ प्रतिशत बढेको छ।
नाफा जस्तै कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ ७२ पैसा बढेर ७ रुपैयाँ ७६ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ८५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.२० गुणा रहेको छ। ६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने ५९ करोड ८५ लाख रुपैयाँ रहेको छ।
Comment