काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले तेस्रो त्रैमाससम्म २० करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३९ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा घटेको हो।
१ अर्ब ४४ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म महाविपत्ती कोषमा ११ करोड ५३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २९ करोड १ लाख रुपैयाँ, स्पेसल रिर्जभमा १ अर्ब ३६ करोड र अन्य इक्विटीमा १६ करोड ७७ लाख रुपैयाँ रहेको छ।
कम्पनीले समीक्षा अवधिसम्म ४७ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४६ करोड ४३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन २.५८ प्रतिशतले बढेको छ ।
तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब १६ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ११ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको हो ।
समीक्षा अवधिसम्ममा कम्पनीले पुनर्बीमा मार्फत ६९ करोड २ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ६५ करोड ५२ लाख खर्चिएको थियो । कम्पनीले यस अवधिसम्ममा अभिकर्ता कमिशन मार्फत २ करोड ८२ लाख रुपैयाँ खर्चिएको छ ।
समीक्षा अवधिसम्म कम्पनीको सोल्भेन्सी रेसियो ३.९२ प्रतिशत छ । कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १८ रुपैयाँ ५३ पैसा रहेको छ। पीई रेसियो ४९ गुणा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ रहेको छ ।





Comment