नेप्सेमा १९ अर्ब ७७ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा १९ अर्ब ७७ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत



काठमाडौं । चालु आवको नौ महिनामा नेप्सेमा १९ अर्ब ७७ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरणअनुसार चैत मसान्तसम्म साे बराबरकाे बाेनस सेयर सूचिकृत भएकाे हाे ।

त्यस्तै, सो अवधिसम्म १५ अर्ब ४१ करोड रुपैयाँ बराबरको साधारण सेयर, ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड रुपैंया बराबरको म्युचुअल फण्ड, १० करोड ६९ लाख रुपैयाँ बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य सेयर गरी कुल ५२ अर्ब १५ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

चैत मसान्तसम्म नेपाल धितोपत्र बोर्डले कुल २८ अर्ब ५८ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

जसमा ११ अर्ब ६० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, १० अर्ब ३७ करोड बराबरको हकप्रद सेयर, ४ अर्ब ८२ करोड बराबरको डिबेन्चर र १ अर्ब ७९ करोड बराबरको साधारण सेयर रहेको छ ।

प्रकाशित : 11 May, 2025 6:46 pm