काठमाडौं – काठमाडौंको थापाथलीस्थित केई शो-रुममा सञ्चालन भइरहेको केई एक्सचेन्ज कार्निभलमा ग्राहकको उत्साहजनक सहभागिता देखिएको छ। लक्ष्मी इमोबिलिटी र जीओ अटोमोबाइल्सले संयुक्त रूपमा आयोजना गरेको यो कार्निभल अब वैशाख २९ गते (सोमबार) सम्म सञ्चालनमा रहने आयोजकले जनाएका छन्।
पहिले तय गरिएको कार्यक्रमअनुसार कार्निभल वैशाख २८ सम्म मात्र सञ्चालन हुने भनिएको थियो। ग्राहकको उल्लेखनीय चासो र सहभागितालाई ध्यानमा राख्दै आयोजकले कार्निभलको अवधि एक दिन थप गरेका हुन्।
कार्निभलमा ग्राहकहरूले पुराना गाडी साटेर नयाँ केई ब्रान्डका विद्युतीय एसयूभी खरिद गर्दा ६ लाख ५ हजार रुपैयाँसम्मको लाभ लिन सक्नेछन्। यो लाभ विभिन्न छुट, एक्सचेन्ज बोनस, पूर्ण बीमा, एक वर्षको कर, र अन्य गिफ्टहरूसहित प्रदान गरिनेछ। उपहारमा ग्राहकले गाडी वा लुगा धुने वाशिङ मेसिन समेत पाउन सक्नेछन्।
एक्सथ्री प्रो एसयूभी – प्रतिस्पर्धी मूल्य र प्रविधि
केईको एक्सथ्री प्रो मोडल कार्निभलमा सबैभन्दा लोकप्रिय मोडलको रूपमा देखिएको छ। यसको सूची मूल्य रू. ४५,९६,००० रहेको छ। तर, अफरसहित मूल्य घटेर रू. ३९,९१,००० मा पर्न आउँछ, जुन मूल्यमा यो एसयूभी बीवाईडीको डलफिनभन्दा समेत सस्तो पर्छ। अहिले डलफिनको मूल्य रू. ४१,१५,००० छ।
प्राविधिक विशेषता
लम्बाइ: ४४४३ मि.मि., चौडाइ: १८३१ मि.मि., उचाइ: १६४६ मि.मि.
ह्वीलबेस: २६३२ मि.मि., ग्राउन्ड क्लियरेन्स: १८२ मि.मि.
बुट स्पेस: ३६० लिटर
ब्याट्री: ५३.६ किलोवाट आवर
दाबी गरिएको रेन्ज (WLTP):३३० किमि
सुविधाहरू: ३६० डिग्री क्यामेरा, मल्टी फङ्सनल स्टेरिङ, डिजिटल ड्यासबोर्ड, वायरलेस चार्जर, मल्टी ड्राइभिङ मोड, रियर एसी भेन्ट, पीएम २.५ एयर फिल्टर
सबै ब्रान्डका गाडी साट्न मिल्ने
कार्निभलमा कुनै पनि ब्रान्डका पुराना गाडी लिएर आएर नयाँ केईका मोडेलहरूसँग साट्न सकिने सुविधा उपलब्ध छ। एक्सथ्री प्रो बाहेक इक्युट टू र इक्युट फोर मोडेलमा पनि लाभ दिइनेछ।
कार्निभलमार्फत केईले नेपालमा विद्युतीय सवारी प्रयोगलाई प्रवर्धन गर्ने तथा ग्राहकलाई लागतमैत्री विकल्प उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ।
Comment