सेयर बजारमा १२.६० अंककाे गिरावट, कारोबार रकम साढे ११ अर्ब माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा १२.६० अंककाे गिरावट, कारोबार रकम साढे ११ अर्ब माथि



काठमाडौं । साताको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज बजार १२.६० अंकले घटेर २६६१.०२ को विन्दुमा पुगेर रोकिएको छ। आज ९६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५० कम्पनीको सेयर मूल्य घटेको छ।

आज ३१५ कम्पनीको तीन करोड सात लाख ९९ हजार ९१ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड माथिको सेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ। आज यस कम्पनीको ७८ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। सानिमा माई हाइड्रोपावरको ६५ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने युनिभर्सल पावरको ५७ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ, छ्याङदी हाइड्रोपावर र ओम मेगाश्रीको सेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।

आज नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा हरियाली छायो भने ७ वटा समूहमा रातो पोतियो । फाइनान्स समूहमा आज सर्वाधिक उछाल आयो । यो समूह आज ४.१६ प्रतिशतले बढ्यो । यस्तै होटल समूह ०.१३, जीवन बीमा ०.०३, उत्पादन तथा प्रशोधन ०.११,लघुवित्त ०.१३ र म्युचुअल फण्ड ०.०८ प्रतिशतले बढ्यो ।

अन्य समूह आज सर्वाधिक अर्थात १.८८ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.७८ प्रतिशत, विकास बैंक १.१२, लगानी ०.३४,निर्जीवन बीमा ०.२४ र व्यापार समूह १.८५ प्रतिशतले घट्यो । हाईड्रो समूह पनि आज ०.११ अंकले घट्यो ।

प्रकाशित : 8 May, 2025 3:40 pm