हिमालयन रि इन्स्योरेन्सको लाभांश घोषणा, बाेनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन रि इन्स्योरेन्सको लाभांश घोषणा, बाेनस र नगद कति ?



काठमाडौं। हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १० अर्ब ४० करोडको ४.५० प्रतिशत बोनस र ०.२४ प्रतिशत नगद लाभांश(कर प्रयोजनको लागि) गरी कुल ४.७४ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन् ।

प्रकाशित : 6 May, 2025 12:01 pm