बिज्ञापन बोर्ड सदस्य अधिकारीलाई पितृशोक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बिज्ञापन बोर्ड सदस्य अधिकारीलाई पितृशोक



इटहरी । विज्ञापन बोर्ड सदस्य एवं कोशी प्रदेशस्थित इटहरीबाट संचालित प्रदेश खबरका अध्यक्ष पवन अधिकारीलाई पितृशोक परेको छ । नेपाल प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष समेत रहेका अधिकारीका पिता इन्द्रलाल अधिकारीको ८६ वर्षको उमेरमा बुधबार दिउँसो १ बजे निधन भएको हो ।

फोक्सो सम्बन्धी रोगबाट पीडित रहेका स्व.अधिकारीका पवन सहित प्रेम र ध्रुव अधिकारी छोरा र मीना, हिमा, तुलसा र अस्मिता छोरी रहेका छन । अधिकारीको आजै दिउँसो ४ बजे इटहरीस्थित बूढीगङ्गा जमुना मुक्तिघाटमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित : 30 April, 2025 5:40 pm