काठमाडौं । बुधबार सेयर बजार घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
आज नेप्से परिसूचक ८.१४ अंकले घटेर २६२३.८३ को विन्दुमा झरेर रोकिएको छ। आज सेन्सेटिभ इण्डेक्स १.५३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक घटेको छ।
आज १०७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको सेयर मूल्य घटेको छ। नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन मंगलबार सात अर्ब ५७ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३१४ कम्पनीको दुई करोड ४६ लाख ४१ हजार २६१ कित्ता सेयर किनबेच हुँदा नौं अर्ब ३७ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५८ करोड ४ लाख रुपैयाँको् सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५२ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। सानिमा माइ हाइड्रोपावरको ५० करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोको ४२ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज समाज लघुवित्त वित्तीय संस्था, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य पनि उच्च अंकले बढेको छ। आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् ।





Comment