आईपीओमा शेयर पर्ने निश्चित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आईपीओमा शेयर पर्ने निश्चित



काठमाडौं, १८ वैशाख  । प्राथमिक तथा थप शेयर निष्काशन (आईपीओ /एफपीओ) मा शेयर नपरेर चिन्तित हुनुभएको छ ? त्यसो हो भने अब केही राइत पाइनेछ । धितोपत्र बोर्डको नयाँ व्यवस्थाअनुसार लगानीकर्ताले कम्तीमा १० कित्ता शेयर पाउने सुनिश्चिता हुनेछ । बोर्डले ‘निष्काशन तथा बाडँफाँट निर्देशिका’ मार्फत यस्तो व्यवस्था ल्याउन लागेको हो । यो व्यवस्थापछि सबै लगानीकर्तालाई  उनीहरुको मागअनुसार समान दरले शेयर बाँडफाँट गरिन्छ ।

पछिल्लो समयमा आईपीओमा धेरै आवेदन पर्ने र अधिकांश लगानीकर्ताले शेयर नपाउने अवस्था अन्त्य गर्न ‘सबैले शेयर पाउने’ खालको विवरण प्रणली ल्याउन लागिएको बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले बताए । ‘नयाँ व्यवस्थाअनुसार कम्पनीहरुले शेयर बाँडफाँड गर्दा पहिलोपटक सबैलाई १०/१० कित्ताका दरले वितरण गरिन्छ, त्यसपछि पुन १०/१० कित्ता, त्यसपछि पनि बचेमा पुन १०/१० कित्ताका दरले शेयर बाँडफाँट गर्नुपर्छ,’ कार्कीले भने, अन्तिममा सबैलाई १०/१० कित्ता शेयर नपुग्ने अवस्थमा मात्र चिठ्ठामार्फत वितरण गर्नुपर्छ  । यो विधिअनुसार शेयर बाँडफाँट गर्दा सबै लगानीकर्ताले शेयर पाउने भएकाले सबैका लागि उचित हुने अध्यक्ष कार्कीले बताए । आजको कान्तिपुरबाट

प्रकाशित : १८ बैशाख २०७४, सोमबार ०४:२९