काठमाडौं । साेमबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ को विन्दुमा झरेकाे हाे। आज सेन्सेटिभ इण्डेक्स ३.५९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंक घटेको छ।
आज ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ कम्पनीको सेयर मूल्य घटेको छ । ३२७ कम्पनीको दुइ करोड ३६ लाख ८९ हजार ७१ कित्ता सेयर किनबेच हुँदा आज आठ अर्ब ९१ करोडको सेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ। आज यस कम्पनीको ७० करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युतको ४५ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ भने युनिभर्सल पावर कम्पनीको ३८ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन्। १३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक बढेको छ। आज वित्त उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत बढेको छ। त्यस्तै, व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। आज लगानी उपसमूहको परिसूचक सर्वाधिक २.१४ प्रतिशत घटेको छ।





Comment