काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र श्री इन्भेष्टमेन्ट फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ। मिथिला लघुवित्तको दुई लाख ७९ हजार ३०३.९३ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर दिएको थियो ।
यता, श्री इन्भेष्टमेन्ट फाइनान्सको पनि एक लाख ८३ हजार १६८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस फाइनान्सले १.८७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही सेयर सूचीकरण गरिएको हो।
उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।
Comment