नेप्सेमा सामान्य वृद्धि, कारोबार रकममा पनि सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकममा पनि सुधार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक २.०८ अंक बढेर २६५८.०२ विन्दुमा पुगेर बन्द भएको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.२३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५३ अंक बढेको छ।

आज ८३ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको सेयर मूल्य घटेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन बुधबार सात अर्ब ५७ करोड ५५ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३०८ कम्पनीको सात अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँबराबरको एक करोड ९७ लाख ५४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ७० करोड ३४ लाख ९५ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, राधी विद्युत कम्पनीको ५७ करोडभन्दा बढीको सेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे ५२ करोडको सेयर कारोबार भएको छ।

आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने नेपाल हाइड्रो डेभलोपर्सको सेयरमूल्य सर्वाधिक घटेको छ।

प्रकाशित : 24 April, 2025 3:35 pm