तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंककाे कारवाहीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंककाे कारवाहीमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय मापदण्ड पालना नगरेका तीन विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारवाहीमा गरेको छ। बैंकले मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, पोखरा फाइनान्स र जानकी फाइनान्समाथि कारवाही गरेको हो।

राष्ट्र बैंकका अनुसार मुक्तिनाथ विकास बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकाल संस्थाको भवन निर्माण प्रयोजनार्थ गठित समितिमा संयोजकको भूमिकामा सहभागी भएको पाइएपछि सचेत गराएको हो। यस्तो सहभागिता वित्तीय संस्थाको आन्तरिक नियन्त्रण प्रणालीमा हस्तक्षेप गर्ने खालको भएकाले सावधानी अपनाउन बैंकले भनेको छ।

नारायणी डेभलपमेन्ट बैंकले भने न्यूनतम चुक्ता पूँजी कायम नगरेको, पूँजीकोष अनुपात न्यून रहेको, तोकिएको निक्षेप सीमा भन्दा बढी निक्षेप संकलन गरेको, र एकल कर्जा सीमा भन्दा बढी कर्जा प्रवाह गरेको भन्दै कारवाहीमा परेको जनाएको छ। बैंकलाई असार मसान्तभित्र आवश्यक सुधार गर्न लिखित निर्देशन दिइएको छ।

सालपा विकास बैंकले तोकिएको न्यूनतम पूँजी अझै पुरा नगरेकाले त्यसका सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन बमोजिम सुझाव दिएको छ।

यस्तै, पोखरा फाइनान्स र जानकी फाइनान्स दुवैले न्यूनतम पूँजीकोष अनुपात कायम गर्न नसकेको पाइएको छ। पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङलाई जिम्मेवारी पालना नगरेको भन्दै पाँच लाख रुपैयाँ जरिवाना गरेको छ भने मौज्दात रकम नपुगेको आधारमा कम्पनीलाई थप ४६ हजार ७१८ रुपैयाँ २३ पैसा जरिवाना गरेको बैकले जनाएको छ।

राष्ट्र बैंकले नियामक पालना कडाइका साथ गराउने नीति लिएको स्पष्ट पारेको छ।

प्रकाशित : 24 April, 2025 2:46 pm