पियोर इनर्जीको आईपीओ बिहीबार बाँडफाँट हुने, कतिले पाउँलान सेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पियोर इनर्जीको आईपीओ बिहीबार बाँडफाँट हुने, कतिले पाउँलान सेयर ?



काठमाडौं । पियोर इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बिहीबार बिहान बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय, नारायणचौर नक्साल, काठमाडौंमा बिहान ८ः३० बजे बाँडफाँट गरिने भएको हो।

पियोर इनर्जीको आईपीओका लागि कुल १९ लाख ३६ हजार ५३ जना लगानीकर्ताबाट २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन परेको छ। तर, मागभन्दा बढी आवेदन परेकाले १ लाख १९ हजार ५२० जनाले मात्र सेयर हात पार्नेछन् भने बाँकी १८ लाख १६ हजार ५३३ जना लगानीकर्ताको हात भने खाली हुनेछ।

पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता आईपीओ जारी गरेको हो। यसमध्ये केही कित्ता कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याइएपछि बाँकी सेयर सर्वसाधारणलाई छुट्याइएको थियो।

प्रकाशित : 23 April, 2025 6:28 pm