काठमाडाै । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ( नेफ्स्कून)का अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल राष्ट्र बैंकद्वारा जारी नयाँ निर्देशनले बचत तथा ऋणको मुख्य कारोबार गर्ने प्रारम्भिक सहकारी संस्था र संघलाई एउटै परिभाषामा राखेर हेर्दा अन्यौलता उत्पन्न भएको बताएका छन् ।
सहकारी ऐन, २०७४ (संशोधित) लाई क्रस गरेर राष्ट्र बैंकले निर्देशन जारी गरेको हुँदा त्यसमा थप परिभाषा आवश्यक रहेको भन्दै प्रष्ट पार्न जोड दिएका हुन् ।

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको निर्देशन तथा मापदण्ड २०८१ का केही बुँदाहरूले सहकारी अभियानमा प्रतिकूल प्रभाव पार्ने देखिएको भन्दै, राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा पुगेको एक टोलीसंगको भेटमा आफ्नो धारणा राख्दै ढकालले सो कुरा राखेका हुन ।
मुख्य कारोबारको विषयमा डिबेट भइसक्यो, के हो त मुख्य कारोबार ? बचत ऋणको मुख्य कारोबार भनेको बचत ऋणको सर्टिफिकेट भएका संस्थाहरुलाई मात्रै मानेर जानुपर्ने होलानि, यदि होइन कारोबारको विषय हो भने पनि सर्टिफिकेसन विधि बनाउनुपर्ने होला, त्यसतर्फ बहशको बिषय हुन आवश्यक रहेको बताए ।
Comment