रोयल इन्फिल्ड क्लासिक ३५० का ५ भेरियन्ट सार्वजनिक, मूल्य कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

रोयल इन्फिल्ड क्लासिक ३५० का ५ भेरियन्ट सार्वजनिक, मूल्य कति ?



काठमाडौं । नेपाली बजारमा रोयल इनफिल्ड क्लासिक ३५० मोडलको मोटरसाइकल सार्वजनिक भएकाे छ । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै अल्फा अटोमोटिभले रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्टका मोटरसाइकल सार्वजनिक गरेको हो ।

पाँच भेरियन्टका मोटरसाइकलहरूमा हेरिटेज, हेरिटेज प्रिमियम, सिग्नल्स, क्लासिक डार्क र क्लासिक छन् । पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित क्लासिक ३५० नेपाली बजारमा आएका हुन् । यो मोटरसाइकल अब देशभरका ग्राहकको पहुँचमा पुर्याउने कम्पनीको लक्ष्य छ ।

यसको सुरुवाती भेरियन्टको मूल्य ५ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।

सुरुवाती भेरियन्टमै कम्पनीले इबल च्यानल एवीएस सहित प्रिमियम एलईडी हेडल्याम्प एलईडी पाइलटल्याम्प पनि उपलब्ध गराएको छ । त्यसमा टाइप सी यूएसबी चार्जर हुनेछ भने गियर सूचक जनाउने गियर इन्डिकेटर पनि सुविधा रहेको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार क्लासिक ३५० सात वटा आकर्षक रङमा उपलब्ध छन् । प्रत्येक भेरियन्टका मोटरसाइकल आधुनिक इन्जिनियरिङसँगै आकर्षक डिजाइनमा रहेको बताइएको कम्पनीको दाबी छ । क्लासिक ३५० ले इनफिल्डको विरासतलाई थप समृद्ध बनाउनुका साथै नयाँ पुस्ताका राइडहरू माझ नवीन तरिकाले यसको विरासत अघि बढ्ने विश्वास लिएको कम्पनीका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले बताए ।

‘नेपाली बजार रोयल इनफिल्डका लागि सधैं विशेष रहँदै आएको छ, सिकेडी सञ्चालनको दुई वर्षमा नै बजारबाट रोयल इनफिल्ड मोटरसाइकलप्रति ग्राहकहरूले दशांएको मायावाट हामी निकै हर्षित र कृतज्ञ छौं,’ उनले भने ।

क्लासिक ३५० ले एवीएस मात्रै होइन विश्वव्यापी रूपमा प्रख्यात इनफिल्डको कलात्मक डिजाइनको अनुभव पनि ग्राहकलाई दिने कम्पनीको भनाई छ । रोयल इन्फिल्डले सन् २०२३ देखि नेपालमा एक्सक्लुसिभ उत्पादन केन्द्र सिकेडी राखेको छ ।

वीरगंजमा रहेको सिकेडीमा वार्षिक रूपमा २० हजार युनिट बाइक एसेम्बल हुने कम्पनीले बताएको छ । कम्पनीका अनुसार हेरिटेज (मदरास रेड, जोधपूर ब्लू) भेरियन्टको मोटरसाइकल ५ लाख ५५ हजार, हेरिटेज प्रिमियम (मेडालियन ब्रोन्ज ) ५ लाख ६६ हजार र सिग्नल्स (कमाण्डो मेण्ड) ५ लाख ६६ हजार रुपैयाँमा उपलब्ध छ ।

यस्तै, डार्क (गन ग्रे स्टेल्थ ब्ल्याक) ५ लाख ७३ हजार र क्रोम (इमराल्ड) भेरियन्टको मोटरसाइकललाई ५ लाख ७९ हजार ९०० रुपैयाँ मूल्य कम्पनीले तोकेको छ । बलियो क्षमताका कारण विशुद्ध मोटरसाइक्लिङ् अनुभवका लागि रोयल इनफिल्ड निकै उपयोगी छ ।

प्रकाशित : 17 April, 2025 7:06 pm