प्रहरीका ६ जना डीआईजी एआईजीमा बढुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

प्रहरीका ६ जना डीआईजी एआईजीमा बढुवा



काठमाडौँ । नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । जसमा चन्द्र कुबेर खापुङको नाम पहिलो नम्बरमा परेको छ । चैत ५ गतेदेखि रिक्त एआईजीमा उनीहरूलाई सिफारिस गरिएको हो ।

विहीबार बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको हो ।

प्रकाशित : ४ बैशाख २०८२, बिहीबार १९:०३