सेयर बजार दाेहाेराे अंकले बढ्याे, काराेबार रकम १० अर्ब ७९ करोड माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार दाेहाेराे अंकले बढ्याे, काराेबार रकम १० अर्ब ७९ करोड माथि



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार उकालो लागेको छ। आज नेप्से परिसूचक २८.९७ अंकले बढेर २७२५.२० को विन्दुमा पुगेर रोकिएको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ६.६५ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंक बढेको छ।

आज १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३११ कम्पनीको दुई करोड ३७ करोड ७३ लाख ७३१ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ७९ करोड माथिको सेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरको कारोबार भएको छ । आज यस कम्पनको एक अर्ब ५८ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तै, एनआरएनको ६२ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने एचआइडीसीएलको ४९ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको सेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ। सबैभन्दा धेरै एनआइसी एशिया डिबेञ्चरका इकाईधनीले गुमाएका छन्।

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छाएको छ । लगानी समूह आज सर्वाधिक अर्थात ३.०३ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज १.२६, विकास बैंक १.०९, फाइनान्स ०.७६, होटल ०.१४, हाईड्रो १.१४, जीवन बीमा ०.८६, उत्पादन तथा प्रशोधन ०.०४,लघुवित्त ०.८०,म्युचुअल फण्ड ०.८७,निर्जीवन बीमा १.०८,अन्य ०.३५ र व्यापार समूह ०.८२ प्रतिशतले बढ्यो ।

प्रकाशित : 17 April, 2025 3:25 pm