सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’: ७ प्रदेशमा हुने, धरान र जनकपुरबाट सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अटो

सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’: ७ प्रदेशमा हुने, धरान र जनकपुरबाट सुरु

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । देशका विभिन्न भूभागका बालिकाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र समावेशी अवसर सिर्जनाको उद्देश्यले सिप्रदीयन सहायता संस्था अन्तर्गत सिप्रदी इम्प्याक्ट र काठमाडौँ किकर्सको सहकार्यमा नि:शुल्क ‘फुटबल फर फ्युचर – देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर’ सञ्चालन हुने भएको छ।

कार्यक्रमको पहिलो चरण धरानबाट सुरू गरिएको थियो, जहाँ ८४ जना स्थानीय समुदायका बालिकाहरूले उत्साहका साथ सहभागिता जनाए भने जनकनन्दनीमा भएको प्रशिक्षण शिविरमा ९० भन्दा बढीको सहभागिता रहेको थियो।

सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु दाहालका भन्छन् – हरेक बालिकाले आफ्नो क्षमतामा विश्वास गरुन्, अवसरहरू खोजुन, र आफ्नो समुदायमा परिवर्तन ल्याउन सकून् भन्ने हाम्रो उद्येश्य रहेकाे छ। फुटबल एक माध्यम हो – लक्ष्य चाहिँ दीर्घकालीन सामाजिक रूपान्तरण हो। यो कार्यक्रममा स्थानिय समुदाय, विद्यालयहरू, अभिभावक र सरोकारवाला पक्षहरूको साथ र सहकार्यमा अझ प्रभावकारी बनाउँदै लाने हाम्रो लक्ष्य रहेको छ ।

धरान र जनकपुरपछि फुटबल फर फ्युचर – देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर अब पोखरामा हुन लागिरहेको बताइएको छ ।

प्रकाशित : ४ बैशाख २०८२, बिहिबार १२:३५ 17 April, 2025 12:35 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।