नेप्से परिसूचक ९.७५ अंकले बढ्याे, काराेबार रकम सात अर्ब २६ करोड माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक ९.७५ अंकले बढ्याे, काराेबार रकम सात अर्ब २६ करोड माथि



काठमाडौं । बुधबार सेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ९.७५ अंकले बढेर २६९८.०८ को विन्दुमा पुगेर रोकिएको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.५४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७० अंक बढेको छ।

आज १४७ कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३२९ कम्पनीको एक करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर किनबेच हुँदा सात अर्ब २६ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको सेयर कारोबार भएको छ। आज यस कम्पनीको ५९ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, राधि विद्युत कम्पनीको ५० करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने बलेफी हाइड्रोपावरको ४२ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक, बलेफी हाइड्रोपावरका नेपाल माइक्रो इन्स्योरेन्स, राधि विद्युत कम्पनी र क्रेष्ट माइक्रो लाइफको सेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित : ३ बैशाख २०८२, बुधबार १५:२४